संशोधित विधानमा कुरा मिल्यो : सहमहामन्त्री ७ जना, कोषाअध्यक्ष सभापतिबाट मनोनित हुने
काठमाडौं : विधानको विषय लाई लिएर नेपाली कांग्रेसमा भइरहेको विवाद मिलेको छ । संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच एक सभापति, दुई उपसभपाति, दुई महामन्त्री, ७ जना सहमहामन्त्री र एक जना कोषाअध्यक्ष राख्ने राख्ने सहमति भएको हो ।
सभापति देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार कोषाअध्यक्ष सभापतिबाट मनोनित हुने र बाँकी पदमा चुनावबाटै छानिने सहमति भएको छ । सात सहमहामन्त्रीमा समावेशी सिद्धान्तअनुसार प्रतिस्पर्धा हुनेछ ।
यसअघि बुधबार भएको सहमतिमा सभापति देउवालाईले नै अस्वीकार गर्दा विधानम विवाद झन् लम्बिएको थियो । बुधबार संस्थापन र पौडेल पक्षबीच उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री दुई र सभापतिबाट मानोति एक कोषाअध्यक्ष राख्ने सहमति भएको थियो ।
केन्द्रीय सदस्यको संख्या भने यसअघि सहमति भएअनुसार नै एक सय ६१ सदस्यी नै हुने विश्वकर्माले जानकारी दिए । शीर्ष तहमा भएको सहमतिलाई अनुमोदन गर्न दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ ।