Logo
३ मंसिर २०८१, सोमबार
(December 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढुकुटी रित्याउने काम गरेको भन्दै मन्त्रीमण्डलको चौतर्फी आलोचना : संचारमाध्यमप्रति मन्त्री पुनको आक्रोश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशिलताको कुरा अघि बढाए पश्चात आफ्नै नेतृत्वको मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरुले दोहोरो सुविधा लिएरको र राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै मन्त्रीहरुको चौतर्फी आलोचना भएको छ ।

सरकारका मन्त्रीहरुले आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको चर्को आलोचना गरेका छन् । इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् ।

उनीहरुले मन्त्रीका लागि दिइने सुविधाअनुसार सरकारको नियमभित्र बसेर मात्रै आफुहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र संचारमाध्यमलाई आग्रह गरे ।

धुमबराहीमा बिहीबार बसेको नेकपाको स्थायी समिति बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले विद्युतीय सवारीसाधन चलाउने भएकाले इन्धनवापतको सेवा नलिएको दाबी गरे ।

उनले मन्त्रीका बारे अनर्गल प्रचारवाजीमा नलाग्न संचारजगतलाई आग्रह पनि गर्नुभयो । बैठकमा सहभागी मन्त्रीहरुले पनि आफुहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उनले संचारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गर्नुभयो ।

त्यसैगरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले पनि आफूले इन्धनबापतको सुविधा नलिएको दाबी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौती दिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको , स्वकीय सचिवलाई गैरकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो ।

प्रकाशित मिति: Dec 20, 2018

प्रतिक्रिया दिनुहोस्