Logo
३ मंसिर २०८१, सोमबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केहि मन्त्रीहरु हटाउन प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट चर्को दबाब

काठमाडौं : मन्त्रीहरुले सही ढंगले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका स्थायी समिति सदस्यहरुले आलोचना गरेका छन् ।

केही मन्त्रीहरुकै प्रस्तुतिले गर्दा समग्र सरकारको आलोचना भैरहेको स्थायी समिति सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आरोप लगाए ।

जारी स्थायी समिति बैठकमा आज बोल्दै उनले यस्तो आलोचना गरेका हुन् । उनले केही मन्त्रीहरुको प्रस्तुति ठिक नभएकोले तत्काल उनीहरुलाई हटाउनुपर्ने माग पार्टीमा राखेका छन् ।

उनले को को मन्त्रीको प्रस्तुति राम्रो नभएको हो भनेर बैठकमा नाम भने खुलाएका छैनन् । पाण्डेले प्रधानमन्त्री ओलीले पनि आफ्नो कार्यशैली तत्काल सच्याउनुपर्ने धारणा राखे ।

उनले प्रधानमन्त्रीकै पनि आलोचना गरेका छन् । प्रधानमन्त्रीको पनि कार्यशैलीकै कारण सरकारबारे पब्लिकमा नकारात्मक धारणा बनेको उनको भनाई थियो ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्