रिक्त रहेको पदहरुमा वैशाखभित्रै उपचुनाव गराउन संसदको राज्य व्यवस्था तथा शुसाशन समितिको निर्देशन
काठमाडौँ : स्थानीय तह र प्रदेशमा रिक्त रहेको पदहरुमा आउँदो बैशाखभित्रै चुनाव गराउन संसदको राज्य व्यवस्था तथा शुसाशन समितिले निर्देशन दिएको छ । देशभरका ७ सय ५३ मध्ये अहिले ३० वटा पद खाली रहेका छन् । जसमध्ये १४ जना वडाअध्यक्ष र बाँकी वडासदस्य छन्।
ती सबै ठाउँमा बैशाख भित्रै उपचुनाव गराउन संसदको राज्य व्यवस्था तथा शुसाशन समितिले निर्देशन दिएको हो । यस्तै दुईजना प्रदेशसभा सदस्यको ठाउँ पनि खाली रहेको छ ।
१ सय ७५ वडामा दुईजना महिला र एकजना दलित महिला अनिवार्य हुनुपर्नेमा दलित महिला नभएको ठाउँमा कानुन संसोधन गरेर भएपनि रिक्त ठाउँमा उपचुननाव गराउन निर्देशन दिइएको छ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव लगायत उपस्थित थिए । यादवले कानुनी अस्पष्टताका कारण अहिलेसम्म रिक्त रहेका ठाउँमा उपचुनाव गराउन नसकेको बताउँदै सरकारले वातावरण बनाए निर्वाचन आयोग चुनाव गराउन तयार रहेको बताए ।
गृहमन्त्री थापाले रिक्त स्थानमा कानुन संशोधन गरेर भएपनि पद पुर्ती गर्न सरकार लागि परेको बताए । उनले कुनै पनि ठाउँमा जनप्रतिनिधि बिहनको अवस्था नराख्न सरकार लागिपरेको जानकारी दिए।