आजदेखि प्रधानन्यायाधीशमा सिफारिस जबराको संसदीय सुनुवाइ हुँदै
काठमाडाैं : आजदेखि प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको संसदीय सुनुवाइ सुरु हुँदैछ। सुनुवाइ समिति बैठक ११ बजे बस्दै छ।
बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस गरेको हो ।
न्याय परिषद्ले आगामी प्रधानन्यायाधीशका लागि राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।
सर्वोच्च अदालतको दोस्रो वरीयतामा रहेका वरिष्ठ न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाइ समितिले अस्विकृत गरेपछि तेस्रो वरीयताका वरिष्ठ न्यायाधीश राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियाे ।
२०१४ मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मिएका राणाले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए।