Logo
७ पुस २०८१, आईतबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारीलाई खुसीको खबर : स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने

काठमाडौँ :  स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  एक विज्ञप्ति जारी गर्दै अध्यादेशमा स्वैच्छिक अवकास सम्बन्धी कुनै पनि व्यवस्था नभएको हुँदा स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी समायोजन अध्यादेश, २०७५ को दफा ३० ले कर्मचारी समायोजन ऐन, २०७४ लाई खारेज गरेको र उक्त अध्यादेशमा स्वैच्छिक अवकाश सम्बन्धी कुनै पनि व्यवस्था नभएको हुँदा अब आइन्दा स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहनु नपर्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्