प्रधानमन्त्रीका सल्लाहकारहरु फेर्न सत्तारुढ दलकै नेताको दवाव
काठमाडौं : सरकार गठन भएको नौ महीना भैसकेको छ । सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै असन्तुष्टि बढिरहेको बेला प्रधामन्त्रीका सल्लाहकार फेर्न पार्टीभित्रैबाट तीव्र दवाव आउन थालेको छ ।
आजबाट सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले सो विषयमा गम्भीर छलफल गरिने बताए । उनले भने,‘सरकारका सारथी एवं सल्लाहकारबारे छलफल गर्दै परिवर्तन गर्नुपर्ने विषय उठ्नेछ ।’
यसबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा हुने तेस्रो स्थायी कमिटी बैठकमा चर्काचर्की हुने देखिन्छ ।