प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालको पनि ९ महिना बित्यो तर भएन ‘तुइन’ समस्या समाधान
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक ०७२ असोज २५ मा प्रधानमन्त्रीमा नियुक्त भएकै दिन देशलाई तुइनमुक्त बनाउने पहिलो निर्णय गराएका थिए । आफ्नो यो अभियान पुरा गर्ने सोचमा रहँदा रहँदै उनी सत्ताबाट बाहिरिए ।
पहिलो प्रधानमन्त्रीकालमा त सो कार्य पूरा भएन नै अहिले दोस्रो कार्यकालको दशौँ महिना चल्दै गर्दा पनि देशमा तुइनको समस्या समाधान भएको छैन । नेपाल टेलिभिजनबाट प्रसारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा उनी गोरखा, धादिङ र सूदुरपश्चिमका, किसान, कलिला विद्यार्थी ओहोरदोहोर गर्न बाध्य रिपोर्ट हेरेर आँसु पुछेको दृष्य अझै पनि सो कामर्यक्रम हेर्नेहरु झल्झली सम्झिरहेका छन् ।
तर अझै पनि सर्वसाधारण मेलापात र हाटबजार गर्न मात्र होइन, विभिन्न सामान खोला तार्ने र सवारी साधन नै तुइनमा झुन्ड्याएर तार्ने अवस्था दोस्रो कार्यकालको दश महिनामा पनि विद्यमान छ । यो तस्बिर जाजरकोटस्थित रासस संवाददाता हेमन्त केसीले जाजरकोट–डोल्पा सडकखण्ड अन्तरर्गत डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै गर्दाको अवस्थामा बुधबार पठाएका हुन् ।
त्यसैले जनताले सरकारबाट भाषण र आश्वास मात्र होइन व्यबहार देखिने, प्रत्यक्ष भोग्ने सुशासनको अपेक्षा गरेका छन् । नत्र त जुन जोगी आएपनि कानै चिरेको भनेझै भएन र प्रधानमन्त्रीज्यू ?