‘टेक अर पे’ अनुसार विद्युत् खरिद सम्झौता गरिने
काठमाडौं : ऊर्जा उद्यमीले लामो समयदेखि माग गर्दै आएको ‘टेक अर पे’ अवधारणाअनुसार विद्युत् खरिद सम्झौता हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकले व्यवसायीको मागबमोजिम विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको हो ।
बैठकले ऊर्जा प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गर्दा ‘टेक अर पे’ मा गर्ने भएको छ । गत वैशाख २५ गते मन्त्री पुनले जारी गर्नुभएको श्वेतपत्रको आधारमा आगामी दश वर्षमा १५ हजार मेगावाट उत्पादनलाई सघाउ पु-याउने लक्ष्यका साथ उक्त निर्णय गरिएको मन्त्री पुनको सचिवालयले जनाएको छ । आर्थिक वर्ष २०८४÷८५ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै पाँच हजार २५० मेगावाटसम्म नदी प्रवाही प्रकृतिका आयोजनाको टेक अर पेमा विद्युत् खरिद सम्झौता निर्णय भएको हो ।