Logo
४ मंसिर २०८१, मंगलबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकलाई धार्मिक युद्धमा धकेल्न खोजियो : कांग्रेस नेता धिताल

लमजुङ : नेपाली काँग्रेसका नेता विष्णुप्रसाद धितालले वर्तमान सरकारले राज्यलाई धार्मिक द्धन्द्धमा धकेल्न खोजेको बताए । नेपाली कांग्रेस मध्यनेपाल-३ सूर्यपालमा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दे नेता धितालले गैरसरकारी संस्थाको धार्मिक कार्यक्रममा सरकार आयोजक हुनुले पनि मुलुकमा धार्मिक द्धन्द्ध निम्तने खतरा पैदा भएको बताए ।

धार्मिक कार्यक्रममा विभिन्न देशका प्रमुखलाई बोलाएर सडक जाम गरेर जनतालाई दुःख दिने काम भएको छ उनले भने,’नेता धितालले मुलुकमा दिनहुँ हत्या,हिंशा र बलात्कारका घटना हुँदा पनि सरकार मौन बस्नुले अपराधलाई प्रश्रय दिएको हो की भन्ने जनतामा भान भएको उल्लेख गरे ।

नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा ल्याएको सामाजिक सुरक्षा ऐनलाई नयाँ युगको संज्ञा दिनु गलत भएको भन्दै उहाँले भन्नुभयो, ‘एक दशकमा कति पटक नयाँ युग आउँछ ?’ नेता धितालले सिङ्गो काँग्रेस एक भएर अगाडि बढेमात्र आगामी निर्वाचनमा विजयी हुने बताए । उनले आगामी नेविसंघको जिल्ला निर्वाचनमा संगठन हाँक्ने खालको नेतृत्वलाई अगाडि बढाउनसमेत निर्देशन दिएका छन ।

कांग्रेस मध्यनेपाल-३ का अध्यक्ष सन्तनारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तरुण दल लमजुङका सदस्य केशव न्यौपानेले कांग्रेसले युवालाई अगाडि बढाएमात्र सफल हुने बताए ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्