सेयर-बजार : सोमबार नेप्सेमा झिनो अंकले सुधार
काठमाडौं : आज सोमबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । नेप्से आज शुन्य दसमलव ९ अंकले बढेर ११ सय ३१ दसमलव ७३ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव शुन्य छ अंकले घटेर २ सय ४० दसमलव २६ अंकमा पुुगेको छ ।
एक सय ५६ कम्पनीहरुको ४ हजार सात सय ६९ वटा कारोवारमा २१ लाख ३९ हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६३ करोड ७९ लाख ५४ हजार ९ सय ४८ रुपैयाँ पुुगेको छ ।
११ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर ७ वटा समुहको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव २७ अंकले घटेर ९ सय ९३ दसमलव ४९ अंकमा पुुगेकोमा ४६ करोड १५ लाख ६२ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।