Logo
३ मंसिर २०८१, सोमबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीम रावल भन्छन् -‘कुनै एक व्यक्ति र उनको NGO को स्वार्थमा पार्टी र सरकारको दुरुपयोग भयो’

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न नमिल्ने भन्दै आक्रोस व्यक्त गरेका छन् ।

एसिया प्यासिफिक समिट सम्मेलनमाथि खनिएका नेता रावलले शान्तिका नाममा सम्मेलन गर्नेहरुले खर्च गरेको पैसाको स्रोत नखुलाए सरकारले खोजेर सार्वजनिक गर्नुपर्ने माग राखेका हुन् ।

सरकारले एनजिआेको कार्यक्रममा सवारी साधनमा लगाएको जोर विजोर प्रणालीको समेत विरोध गरेका नेता रावलले विदेशी पाहुनाको स्वागत गर्ने भन्दै देखाएको रवैया समेत कुटनैतिक मर्यादा भन्दा बाहिरको कुरा भएकाले सरकारले आफ्नो मर्यादा भुल्न नहुने जिकिर गरेका छन् ।

शान्तिको नाममा नेपाललाई क्रिडा भुमि बन्न नदिन सरकार जनताप्रति उत्तरदायी भएर कार्यक्रम गर्ने खर्च कसरी कहाँबाट आयो भन्ने कुरा बाहिर ल्याउन आयोजकलाई चुनाैति समेत दिएका छन् ।

यदि यस्तो नगरिए सरकार आफैले अनुसन्धान गरेर बाहिर ल्याउनुपर्ने तर्क नेता रावलको छ ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्