Logo
११ मंसिर २०८१, मंगलबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ए डिभिजन लिग : एनआरटीमाथि पुलिसको सहज जित

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ राउण्डको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पा¥यो । जितसँगै प्रहरी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस खेलसँगै प्रहरीले १० अङ्क जोडेको छ ।

प्रहरीको जितमा नीरकुमार राईले दुई गोल गरे भने अभिषेक रिजालले एक गोल गरे । खेलको पहिलो हाफको ४१ औँ मिनेटमा प्रहरीका नीरकुमारले अजित भण्डारीको पासमा हेड गोल गर्दै पहिलो अग्रता लिए ।

खेलको पहिलो हाफसम्म शुन्यका विरुद्ध एक गोलको अग्रता लिएको प्रहरीले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ६६ औँ मिनेटमा प्रहरीका अभिषेकले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए भने खेलको ८२ औँ मिनेटमा नीरकुमारले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा प्रहरीका नीरकुमार राई म्यान अफ दि म्याच घोषित भए । पराजित एनआरटी एक अङ्कका साथ लिगको पुछारमा छ ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्