Logo
३ मंसिर २०८१, सोमबार
(November 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान : सरकार नै धर्मान्तरको पक्षमा रहेको आरोप

काठमाडाैं : नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारले जारी गरेको जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् ।सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै नेता थापाले यस्तो जनाएका हुन् ।

सरकारले धर्मको प्रचारमा लागेको विवादीत संस्थाले आयोजना गरेको कार्यक्रममा जनतालाई सास्ती दिन खोजेको भन्दै यस्ता खेदजनक कुराको अवज्ञा गर्नु नागरिकको कर्तव्य भएको भन्दै जोर बिजोर प्रणालीको अवज्ञा गर्न सार्वजनिक रुपमा अपिल समेत गरेका छन् ।

सही कामको लागि सरकारले आह्वान गर्दा जोर-बिजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्ने तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ भएको बताएका छन् ।गगनले लेखेका छन्-सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं।

पढुनुस् युथ कंग्रेसको विज्ञप्ती :

प्रकाशित मिति: Nov 29, 2018

प्रतिक्रिया दिनुहोस्