Logo
१० मंसिर २०८१, सोमबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’ को टिजर सार्बजनिक

ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा ह्योल्मो भाषाको चलचित्रको टिजर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्येक्रमको बीच नेपाली चलचित्र ‘मेतोक’ले पत्रकार भेटघाट गरि चलचित्र युनिटको परिचय साथै चलचित्रको बारेमा जानकारी गराइएको छ । चलचित्र ‘मेतोक’ ह्योल्मो सांस्कृतिमा आधारीत एक प्रेम कथानक चलचित्र रहेको कुरा चलचित्रका नायक समेत रहेका निर्देशक ठिलेन लामाले पत्रकारहरुलाई जानकारी दिएका छन् ।

चलचित्र मेतोकलाई निर्माता सर्किनी ज्याबा ह्योल्मोले निर्माण गरेकी हुन् भने चलचित्रको कथा ठिलेन लामाकै हो । आगत केसीको पटकथा तथा सम्बाद रहेको मेतोकलाई राम कुमार केसीले छायांकन गरेका हुन् । चलचित्रमा ठिलेन लामा ,ओमु निमा ह्योल्मो, दावा दोर्जे , डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, भिम ज्याबा, कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायत कलाकारको अभिनय रहेको छ । ह्योल्मो भाषामा बन्ने चलचित्र मेतोकलाई डल्ले ह्योल्मोले अनुवाद गर्नेछन् ।

करीब आधा करोडको लागानीमा बन्न लागेको चलचित्रमा दावा डी. ह्योल्मोको संगीतमा चर्चित गायक राजु लामा ,तेन्जिङ ह्योल्मो र दावा डी.ह्योल्मो द्वारा स्वरवध गीतहरु रहेका छन् । चलचित्र मेतोकलाई सन्देश शाहले सम्पादन गर्नेछन् । मुख्य त नेपाली ह्योल्मो संस्कृति र भाषालाई प्रबन्धन गर्ने उदेश्यका साथ बन्न लागेको चलचित्र ‘मेतोक’ लोसारको अवसर पारि प्रदर्शनमा ल्याउन लागेको कार्येक्रममा जानकारी दिएका छन् ।

नेपाल तथा विदेशका विभिन्न स्थानमा समेत विशेष प्रदर्शन गरि चलचित्रलाई विभिन्न फिचर फिल्म अवाडको लागि समेत समाबेश गर्ने निर्माण टिमले जानकारी दिएका छन् । चलचित्र मेतोक सिन्धुपाल्चोकको हेलम्बु ,मुस्ताङ तथा काठमाडौँमा छायांकन गरिएको छ । यस बिच चलचित्रकी नायिका ओमु निमा ह्योल्मोको जन्मदिन पनि कार्येक्रम बीच मनाइयो । कार्येक्रममा मेतोकका निर्मात्री सर्किनी ज्याबाले IPHONE 7 PLUS लाई निर्देशक ठिलेन लामा मार्फत नायिकालाई जन्मदिनको उपहार स्वरूप हस्तातरण गरेका छन् ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्