Logo
३ मंसिर २०८१, सोमबार
(November 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यवस्था फेरियो, प्रवृत्ती कहिले फेरिने ?

                          टिकाराम ओली

दशकौं लादिएको निरंकुश पञ्चायत ढाल्न हजारौंले प्राणको आहुति दिएकै हो । त्यही बलिदानको बलमा प्रजातन्त्र आयो भनेर बजारमा राम्रो बिज्ञापन आएकै थियो । तर नेपाली जनताले प्रजातन्त्रको स्वाद लिएपछि नै थाहा भयो प्रजातन्त्र पनि राजसंस्था कै मातहतमा हुर्काउन खोजिएको नाममात्रको प्रजातन्त्र रहेछ ।

बाहिर बोरा राम्रो भएर के भयो र बोरा भित्र कुहिएको आलु मात्र थियो । त्यही अत्याचारी प्रजातन्त्रको विरुद्ध सुरु भएको जनयुद्ध २०५२ साल फागुनबाट विकट गाउँघरबाट सुरु भयो । दश वर्ष चलेको सशस्त्र जनयुद्धको बलमा लोकतान्त्रिक गणतन्त्रको सब्दजाल भित्र पनि संसदीय प्रजातन्त्रभन्दा माथि उठ्न सकेन । १७ हजार भन्दा धेरैको बलिदानीले भिजेको संविधान आज त्यही संसदीय व्यवस्था कै निम्ति हराएको इतिहास बन्यो । जनयुद्धको अन्त्य र संसदीय व्यवस्थाको स्थापना कम्युनिस्ट आन्दोलन गम्भीर असफल अभ्यास थियो ?

लाखौं जनताको दमदार आन्दोलन र हजारौं शहिदले सजिएको गणतन्त्रको परीक्षण पनि भै सक्यो । समय कालखण्ड बद्लिए, तन्त्र बद्लिए कुर्सीमा पुग्ने ब्यक्ति बदलिए । तर ति कुर्सी र तन्त्रहरुको व्याख्या अपव्याख्या गर्ने पात्रहरु भने सदियौं देखि उही नै रहे । त्यही बर्गको कुर्सी रह्यो जसको विरुद्ध हजारौंको बलिदान भएको छ । जसको विरुद्ध लाखौं मान्छे अङभङग छन् ।

संकटकाल लगाउने र सर्वहारा बर्गको राज्य माग्नेहरु नेपाली राजनीतिमा सक्रिय नै देखिन्छन् । अझ जनयुद्ध संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको आन्दोलन दबाउन सिधासिधा बन्दुक दाब्नेहरु ससम्मान पदकबाट विभूषित भएका छन् । तक्मा दिनेहरु गणतन्त्रको माग गर्नेहरु पात्रहरु हुन् । तिनै पात्र हुन् जसले गणतन्त्र र संविधानसभाको नेतृत्व गरेको दावी गर्छन् । एक तन्त्रबाट अर्को तन्त्रको फड्को एक ब्यक्तिको सट्टा आर्को प्रधानमन्त्री । बन्नु बाहेक खासै परिवर्तन भएन । खासमा चाहिएको व्यवस्था परिवर्तन हो । मानव समाजवाद हो ।

अहिले बद्लिएका फगत भासण भासण भित्रको अनेक अर्थ मात्र भयो ।हरेकले जालझेल र अनेक अर्थ लगाउन सक्ने आलुको बोराभित्र कुहिएको गन्ध मात्र आउछ । हामीले मुलुक हाँक्न कथित पात्रहरुलाई दिएको प्रजातन्त्र र त्यसको जगमा पलाएको गणतन्त्र पनि जालझेल र षड्यन्त्र मै भुलेको छ ।

हामी धेरै आक्रोशमा थियो ।बिहान नहुदै हातमुख नधुदै हत्तारिएर निरंकुश व्यवस्था विरुद्ध कतै कालो झण्डा फर्फराउँदै गोली खान अघि बढ्यो कतै बम गोलि र गोलि कठ्ठा सहित भीषण लडाइ चल्यो । मेरो मन दुखाइ आन्दोलन संघर्ष र बलिदानमा कदापि होइन । सानो बाल्यकालकाल बाट पाएको बिद्रोहि शिक्षा भित्र मानवजातिको सुन्दर सपना भित्र हराएर । अहिले पुजीवादी समाजमा बाच्नु पार्ने बाध्यता सामन्य छैन ।

सानै उमेर देखी बिद्रोह र न्यायको लागी गरिएको अनेक लक्ष्य भित्र देखिएको साम्यवाद हराएको सुन्दा मनका काँडा बिजेको छ । चित्त दुखेको छ । अनि आक्रोश पोख्न मन लाग्छ । त्यो भर्भराउँदो जीवन कसै मन्त्री बन्नको लागी मात्र थिएन । पद र पैसाको ब्यापार गर्नको लागी पनि थिएन । त्यसकारण अनेकौं प्रश्न सोध्न मन लाग्छ। राजनीतिक जिबन समाजको सेवा भित्र पाएको पद हो । त्यही पद र त्यही सेवाबाट पाएको सम्मान मन्त्री हो ।

अब त्यहाँबाट पाउने अधिकार दुरुपयोग नहोस् भन्ने आम नागरिकको चाहना हुन्छ नै । आज अस्पतालमा उपचार भन्दा पहिला पैसा जम्मा गर्नु पर्छ । स्कुलमा किताब भन्दा पहिला पैसा बुझाएको हुनुपर्छ । ठाउँ ठाउँमामा विकास बजेट काम सुरु नहुदै सिधिन्छ । कुन जिज खान र उपयोग उपयुक्त होला भनेर खोजतलास भयो भन्ने । जहाँ घुसपैठ भित्र पास भएको छ । बाहिर त्यही ठिक हुन्छ ।

सडक सानो छ । कस्तो सवारी कतिबेला चलाउनु पर्छ । भन्ने ध्यान नै छैन । जति लोड संग भएपनि पावर र पैसा संग जतासुकै गुड्ने इजाजत पाउछ । अनि हामीले आलोचना गर्दा नराम्रो लाग्छ होला । त्यो पदलाई केहि पात्रहरुले दिएको संमान भित्र रम्न मन लाग्छ होला । यदि माक्र्सवादी हो भन्ने सन्सार देख्न सक्छ ।

यदि मानवीय प्रतिनिधि हो भन्ने सबैको सुन्न सक्छ । होइन यस्तै रह्यो भन्ने विकल्प खोज्ने अधिकार जनता संग छ ।लाखौं युवा सहज श्रमको प्रतीक्षामा लामो समय भै सक्यो । प्रत्येक महिना दिदि बहिनीमाथिको बलात्कार भै रहेको छ । निर्मला पन्तको बलात्कार अझै सम्म पत्ता लाग्दैन । सुन कान्ड भित्र गोरेको बयान कता हरायो । सबै अपराध हराउँदै जाने हो भन्ने किन चाहियो संविधान,कानुन र सरकार ?

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्