भारतमा मोदीको पार्टीलाई हराउन नेपालमा क्रिश्चियन सम्मेलन, BJP को नेता पनि सहभागी हुने
भारतको प्रमुख सत्तारुढ राजनीति दल भारतीय जनता पार्टी (BJP) विरुद्ध एक जुट हुन नेपालमा क्रिश्चियन सम्मेलनको आयोजना गरिएको छ ।
आश्चर्यको कुरा के छ भने उक्त कार्यक्रममा बिजेपीका एक नेता समेत सामेल हुने भएका छन् । हाल पार्टीमा खासै कुनै हैसियतमा नरहेका तर नेपालमा बिजेपीको आफू प्रमुख नेता बताउने विजय जौलीको समेत उक्त कार्यक्रममा सहभागिता हुनेछन् ।
भारतको केन्द्र शासित दिल्ली प्रदेशको पुर्व बिधायक रहेका जौली नेपाल आएका बेला भने आफू बिजेपीको विदेश बिभाग प्रमुख रहेको आफूलाई सिधै मोदीजीले पठाएको बताउने गरेका हुन्छन् ।
भारतमा आउँदो लोकसभा निर्वाचनको तिव्र तयारी भइरहेका बेला क्रिश्चिनका अभियन्ताहरुले नेपालमा सम्मेलन आयोजना गरेका हुन् ।
भारतमा हिन्दुवादी पार्टीका रुपमा चिनिने प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी BJP लाई त्यँहाको निर्वाचनमा पराजित गर्ने उदेश्य राखी नेपालमा सम्मेलन गर्न लागिएको भारतीय सत्तारुढ पक्षको बुझाई छ ।
दक्षिण कोरियाली चर्चको रकमबाट सञ्चालन भएको युनिभर्सल पिस फेडेरेशनले मंसिर १४ गते ‘एसिया प्यासिफिक समिट’ गर्दैछ । ‘एसिया प्यासिफिक समिट-२०१८’ मुल उदेश्य भने भारतीय लोकसभाको निर्वाचनबारे ब्रीफिङ्ग गर्नु रहेको बताईएको छ । दक्षिण एसियामा हिन्दुहरुको बाहुल्यतालाई समाप्त पार्ने उदेश्य राखी यो सम्मेलन गर्न लागिएको BJP नेताहरुको बुझाई छ ।
युनिभर्सल पिस फेडेरेशन प्रमुख आयोजक र नेपालमा क्रिश्चियन धर्मको प्रचार गर्दै आएको नेशनल कन्फरेन्स अफ एशियन पोलिटिकल पार्टीले उक्त सम्मेलनको आयोजना गर्न लागेका छन् ।
कार्यक्रममा १८ देशका प्रभावशाली ब्यक्तिहरु नेपाल आउँदैछन् । कम्वोडियाका प्रधानमन्त्री समडेच टेचोदेखि म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकी पनि नेपाल आउँदैछन् ।
क्रिश्चियन धर्मसँग सम्बन्धित सवै प्रभावशाली नेताहरु नेपाल आउन लागेका हुन् । धर्म प्रचारको मुख्य उदेश्य बनाउँदै आएको युनिभर्सल पिस फेडेरेशन भारत लगायतका देशमा प्रतिबन्धित छ ।
भारतमा प्रतिबन्धित संस्थाले नेपालबाट भारतीय निर्वाचनको रणनीतिक योजना बनाउने आशका भारतीय जनता पार्टीले गरेको छ । चार दिनसम्म चल्ने सम्मेलनमा प्रमुख एजेण्डा यही हुने आशंका उनीहरुको छ ।
१८ देशका प्रभावशाली नेताहरु नेपाल आउन थालेपछि अतिथि सत्कारका नाममा नेपाल सरकार सह आयोजनक बनेको थियो । प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसदेखि भारतीय दूतावाससम्मले विरोध गरेपछि सरकार सहआयोजकबाट भने पछि हटेको हो ।
नेपालमा क्रिश्चियन धर्मका अभियन्ता मानिने पुर्व मन्त्री एकनाथ ढकालले सरकारलाई प्रभावमा पारी सहआयोजक बनाउँदै ३१ करोड रकम मागेका थिए । तर सरकारले अतिथि सत्कारका नाममा २ करोड निकासा दिएको छ ।
भित्रि उदेश्य भारतीय निर्वाचनमा मोदीको पार्टीलाई हराउनु भएपनि बाहिर उदेश्य भने जलबायु परिवर्तन, शान्ति तथा विकासका बिषयमा छलफल हुने बताइएको छ ।
दिल्ली स्थित बिजेपीको कार्यालयले नेपालमा हुन लागेको उक्त कार्यक्रमबारे केही जानकारी नरहेको र नेता जौलीको नेपाल भ्रमण पनि पार्टीगत नभई ब्यक्तिगत भएको जनाएको छ ।