Logo
११ मंसिर २०८१, मंगलबार
(November 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्युजिल्याण्ड विरुद्धको दाेस्राे टेष्ट क्रिकेटमा पाकिस्तानकाे शानदार जित

युएईमा सम्पन्न उक्त खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा ४१८ रनको योगफल तयार पारेपछि आफ्नो पहिलो पारीको समाप्तीको घोषणा गरेको थियो । पाकिस्तानका लागि दुई जना खेलाडीले शतकीय प्रदर्शन गरेका थिए । हरिस सोहइलले १४७ रन बनाए भने बाबर अजाम १२७ रनमा अविजित रहेका थिए ।

त्यसपछि ब्याटिङ गर्न अाएकाे न्युजिल्यान्डले पहिलो इनिङ्समा ९० रन मात्र बनाउन सक्याे । न्युजिल्यान्डकाे पहिलो इनिङमा ६ जना खेलाडि शून्यमा नै अाउट भए । ९० रनमा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले आफ्नो दोस्रो इनिङमा ३१२ रन बनाए पनि लज्जास्पद हारबाट जोगिन भने सकेन ।

आफ्नो दोस्रो इनिङ्समा ३१२ रन बनाउने क्रममा न्युजिल्यान्डका तिन खेलाडिले अर्ध-शतकिय पारी खेले । रोस टेलरले सार्वाधिक ८२ रन बनाए भने हेनरी निकोलसले ७७ र लाथमले ५० रनको योगदान दिएका थिए ।  याे जित सँगै तीन खेलको टेष्ट क्रिकेट सिरिजमा पाकिस्तानले १–१ को बराबरी गरेको छ ।

प्रकाशित मिति: Nov 27, 2018

प्रतिक्रिया दिनुहोस्