संसदको हिउँदे अधिवेशन बोलाउने सरकारी तयारी
काठमाडौं : सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकार अधिवेशन बोलाउने तयारीमा रहेको जानकारी गराएका हुन् ।
मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान’ सम्बन्धि एक दिने गोष्ठीमा बोल्दै उनले हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई अघि बढाउने गरी गृहकार्य भईरहेको पनि स्पष्ट पारे ।
मन्त्री ढकालले संसदको आगामी हिउँदे अधिवेशनमा साझा सूचि र शान्ति प्रक्रियासँग सम्बन्धित कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको पनि बताए ।
मन्त्री ढकालले संविधान संशोधनलाई सहज बनाउन समितिले आयोजना गरेको सो गोष्ठी फलदायी हुने विश्वास पनि व्यक्त गरे।