Logo
११ मंसिर २०८१, मंगलबार
(November 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार र पुलिसको जित

काठमाडौ: शहीद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डमा सोमबार भएको खेलमा थ्रीस्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) लाई २–० ले पराजित गरेको हो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र अजयी मार्टिन्सले गोल गरे । थ्रीस्टारले चार खेलबाट तीन खेलमा जित र एक खेलमा पराजित हुदै ९ अंक बनाएको छ । यता पराजित एनआरटी भने चार खेलबाट तीन खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै एक अंक बनाएको छ ।

त्यस्तै, हलचोकस्थित एपीएफको खेल मैदानमा आजै भएको खेलमा विभागीय नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा एक गोल गरेको पुलिसले दोस्रो हाफमा थप एक गोल गर्दै जीत हात पारेको हो । पुलिसका लागि रवि पासवान र  भरत शाहले १-१ गोल गर्दै जीत दिलाएका हुन् ।

जीतसँगै पुलिसले चार खेलबाट दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै ७ अंक बनाएको छ । यता, पराजित च्यासलको भने चार खेलबाट एक खेलमा जीत दुई खेलमा पराजित र एक खेलमा बराबरीसहित ४ अंक नै रहेको छ ।

प्रकाशित मिति: Nov 27, 2018

प्रतिक्रिया दिनुहोस्