Logo
११ मंसिर २०८१, मंगलबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र अष्ट्रेलियाबिचकाे टी–२० क्रिकेट श्रृखंला १-१ काे बराबरी

अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट खेलमा भारतिय कप्तान काेहली र क्रुणाल चम्किदा भारत ६ विकेटले विजयी भएको छ । याे जितसँगै भारतले तीन खेलको श्रृखंलामा एक एकको बराबरी गरेको छ ।

सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टालीले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६४ रन बनायो । उसका लागि डार्सी शर्टले ३३ रन बनाए भने आरोन फिन्चले २८ रन बनाए । यस्तै स्टोइनिसले २५ र एलेक्स क्यारेले २७ रनको योगदान गरे । बलिङतर्फ भारतका क्रुणाल पाण्ड्याले चार विकेट लिए ।

जवाफमा भारतले १९ ओभर चार बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । तर त्यसपछि अरु तीन विकेट सस्तैमा गुमाउँदा उसले एक सय आठ रनमा चार विकेट खेर फाल्यो ।

भारतका लागि कप्तान विराट कोहलीले कप्तानी पारी खेल्दै अविजित ६१ रन बनाए । त्यस्तै शिखर धवनले ४१ रन बनाए भने रोहित शर्माले २३ रनको योगदान गरे । यस्तै लोकेश राहुलले १४ रन बनाउँदा दिनेश कार्तिकले महत्वपूर्ण २२ रनकाे याेगदान गरे । अष्ट्रेलियाका लागि मिचेल स्टार्कसँगै ग्लेन म्याक्सवेल, जाम्पा र टायले  समान एक एक विकेट लिए ।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्