Logo
१२ मंसिर २०८१, बुधबार
(November 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्नामा बसेका निर्मला पन्तका बुबालाई उपचारका लागि काठमाडौं ल्याइँदै

धनगढी : बलात्कारपछि हत्या गरिएकी छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै १४ दिनदेखिी अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुबा यज्ञराजलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

शनिवार साझ विमानवाट काठमाडौं लैजान गेटा विमानस्थल पु¥याइएका उनले एक्कासी रुने, हास्ने, बर्वराउने, गाली गर्ने, ढुङगामुडा गर्न थालेपछि बिमानमा लैजान समस्या भएपछि सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा शनिबार राती नै काठमाडौं लगिएको छ ।

मुख्यमन्त्री भट्टका प्रमुख स्वकिय सचिव शिवसिंह ओलीमार्फत शनिबार राती नै भाडाको स्कारपियोमा यज्ञराजलाई काठमाडौं लगिएको हो । प्रहरी सहायक निरीक्षक दिपक धामीको नेतृत्वमा ३ जना प्रहरी टोली र सेती अंचल अस्पतालका स्वास्थ्यकर्मी सुनिल विकको साथमा यज्ञराजलाई काठमाडौं लगिएको हो ।

पन्तको महाराजगंजस्थित त्रिबि शिक्षण अस्पतालमा उपचार ब्यवस्था मिलाइएको छ । उपचारको सबै खर्च प्रदेश सरकारले ब्यहोर्ने गरी यज्ञराजलाई काठमाडौं पठाइएको र १३ हजार रुपैयाँ बाटो खर्चसमेत उपलब्ध गराएको हो ।

छोरीको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका उनको स्वास्थ्यसँगै दिनप्रतिदिन मानसिक अवस्था बिग्रिँदै गएकाले चिकित्सकहरुले उपचारका लागि काठमाडौँ लैजान सुझाव दिएका थिए ।

यज्ञराज पन्त केही दिनदेखि धर्नास्थलमै बर्बराउने, धर्नामा बसेकाहरुलाई गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका थिए ।

प्रकाशित मिति: Nov 25, 2018

प्रतिक्रिया दिनुहोस्