शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेल जारी
काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गतको तेस्रो चरणको जारी खेलमा सरस्वती युथ क्लबले फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता बनाएको छ । सशस्त्र प्रहरीबलको हलचोक मैदानमा भइरहेको खेलको सुरुआती अग्रता लिएको सरस्वतीविरुद्ध फ्रेन्ड्सले गोल फर्काउन नसक्दा पहिलो हाफमा सरस्वतीको अग्रता कायम रहेको हो ।
सरस्वतीविरुद्ध पहिलो गोलखाएपछि रक्षात्मक खेलेको फ्रेन्ड्सले सरस्वतीलाई पनि दोब्बर अग्रता लिन दिएको छैन । सरस्वतीका लागि १३ औं मिनेटमा विदेशी खेलाडी भिक्टर अमोबी ओजोअनिल्जेले उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सविरुद्ध टिमलाई अग्रता दिलाएका थिए ।
यसअघिका दुवै खेलमा पराजित सरस्वती र फ्रेन्ड्स आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा रहेका छन् ।