Logo
३ मंसिर २०८१, सोमबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ मन्त्रीलाई बोलाएर प्रधानमन्त्रीले झपारे, आदेश तामेलीको भर नपर्न र गति बढाउन निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ मन्त्रीलाई बोलाएर आज झपारेका छन् । कार्यसम्पादन राम्रो नगरेको भन्दै ओलीले मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाएर झपारेको बुझिएको छ ।

उनले ती मन्त्रीहरुलाई अब कार्य सम्पादनको गति बढाउन पनि निर्देशन दिएका छन् । प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारी अनुसार ओलीले कार्य सम्पादन गर्दा आदेश तामेलीको भर नपर्न पनि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई सचेत गराएका हुन ।

बिहिबार सिंहदरबारमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र वन तथा वातावरण मन्त्रालयको कार्य प्रगति विवरण सुनेपछि आदेश तामेली नभई विधिमा भर परेर कार्य सम्पादनको गति बढाउन सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्