Logo
३ मंसिर २०८१, सोमबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

#MeToo : ‘संस्कारी बुवा’ आलोकनाथमाथि बलात्कारको आरोपमा उजुरी दर्ता

बलिउड अभिनेता आलोक नाथविरुद्ध प्रहरीमा बलात्कारको आरोपमा उजुरी दर्ता भएको छ । आलोक नाथमाथि निमार्ता विन्ता नन्दाले यौन हिंसाको आरोप लगाएकी थिइन् । धेरै चलचित्र तथा टेलिभिजन शृङ्खलामा ‘संस्कारी बुवा’ को भूमिकामा देखिने आलोक नाथमाथि टेलिभिजन शो ‘तारा’ कि निर्देशक तथा निर्माता विन्ता नन्दाले बलात्कारको आरोप लगाएकी थिइन्।

भारतमा चलेको #MeToo अभियानको क्रममा उनको नाम सार्वजनिक भएको हो । अभियानको क्रममा आरोप लागेपछि उजुरी दर्ता भएका केही सीमित मध्ये आलोक नाथ एक हुन् । नन्दाले गएको अक्टोबरमा फेसबुक पोस्टमा सीधै आलोक नाथको नाम नलेखी आफ्नो शो ‘तारा’ का मुख्य कलाकारले यौन उत्पीडन आर बलात्कारको आरोप लगाएका थिए ।

तर आलोकनाथले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनले नन्दा विरुद्ध मानहानीको आरोपमा उजुरी दर्ता गरेका छन् । उनले एक रुपैयाँ हर्जना तथा लिखित माफी माग्नु पर्ने भन्दै उजुरी दर्ता गरेका हुन् । आलोक नाथमाथि अरु दुई अभिनेत्रीले पनि यौन उत्पीडनको आरोप लगाएका छन् ।

नन्दाले आलोक नाथसाग सन् १९९० को दशकको सुपरहिट टेलिभिजन शृङ्खला तारामा सँगै काम गरेका थिए । नन्दाले फेसबुक पोस्टमा नाथमाथि अरु महिला कलाकारमाथि पनि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । आफूमाथि भएको हिंसाका बारेमा बोल्न २० वर्ष लागेको र अब अरु महिलाले यस्तो सहनु नपारोस् भनेर बोलेको उनले बताएकी छन् ।

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्