भारतविरुद्धकाे पहिलाे खेलमा अष्ट्रेलियाको रोमाञ्चक जित
अष्ट्रेलियाको ब्रिस्बेनमा भएको भारतविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगितामा अष्ट्रेलिया चार रनले विजयी भएको छ ।
वर्षाका कारण १७ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टाेलिले डिअारएसकाे नियमका आधारमा भारतलाई एक सय ७४ रनको लक्ष्य दियो । उसका लागि ग्लेन म्याक्सवेलले ४६, क्रिस लिनले ३७ तथा मार्कस स्टोइनिसले ३३ रन बनाए । यस्तै आरोन फिन्चले २७ रन थपे । बलिङतर्फ भारतका कुलदीप यादवले दुई विकेट लिए ।
जवाफमा भारतले १७ ओभरमा सात विकेट गुमाउँदै एक सय ६९ रन मात्र बनाउन सक्याे । उसका लागि शिखर धवनले सार्वाधिक ७६ तथा दिनेश कार्तिकले ३० र ऋषभ पन्तले २० रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । जितसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खलामा एक–शून्यको अग्रता लिएकाे छ ।