Logo
११ मंसिर २०८१, मंगलबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टी–१० लिगमा सन्दीपको उत्कृष्ट सुरुवात

यूएईमा सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । केरलाबाट खेलेका सन्दीपले आफ्नो २ ओभरमा ३ विकेट हात पारे ।

सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र १० रन दिएर २ विकेट लिए । उनले ब्यक्तिगत दोस्रो ओभरमा पनि उत्कृष्ट बलिङ गर्दै मात्र सात रन खर्चेर एक विकेट लिए । जसमा उनले मुहम्मद कलीमलाई खाता खोल्न दिएनन् । सन्दीपले कुल २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए ।

जसका कारण पख्तून्सले केरलालाई एक सय १० रनको लक्ष्य दियो । जुन लक्ष्यलाई केरलाले दुई विकेट गुमाउदै पूरा गर्‍यो । उसको जितमा पउल स्ट्रलिङले ४० रन बनाए भने इयान मोर्गनले ४६ रन बनाए ।

टी–१० क्रिकेट लिगको पहिलो खेलमा नै तीन विकेट लिएर सनसनी मच्चाएका सन्दीप लामिछाने म्यान अफ द म्याच बने । दुई ओभरमा मात्र १७ रन खर्चिएर तीन विकेट लिएका सन्दीप खेलको म्यान अफ द म्याच चुनिएका हुन् ।

उनले तीन जना मुख्य खेलाडीलाई आउट गरेका थिए । खेलमा आफ्नो पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएका सन्दीपले त्यही ओभरको अन्तिम बलमा पनि विकेट लिएका थिए ।

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्