Logo
११ मंसिर २०८१, मंगलबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीद स्मारक‘ए’डिभिजन फुटबलः भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने

काठमाडौँ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ । तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ । भोलि दुई खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम ९एनआरटी०सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ मस्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ । तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको विश्रामपछि पुनः १० गतेदेखि चौथो चरणका खेल शुरु हुनेछन् ।

दोस्रो चरणका खेल सकिँदासम्म शत प्रतिशत नतिजा निकाल्दै थ्री स्टार शीर्ष स्थानमा छ, भने मनाङ दोस्रो तथा सङ्कटा क्लब अङ्क तालिकाको तेस्रो स्थानमा छ । तीनै टोलीको समान ६ अङ्क भएपनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ ।

विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जीत र एक बराबरीको नतिजापछि समान चार÷चार अङ्कका साथ लिग तालिकाको क्रमशः चौंथो, पाँचाँै, छैटौँ र सातौँ स्थानमा छन् ।

दुबै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालिकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम एनआरटी तालिकाको क्रमशः नवौँ र १० औँ स्थानमा छ ।फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेड ब्बाइज दुबै खेल गुमाउँदै अङ्कविहीन बनेको छ । उनीहरू तालिकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् ।

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्