Logo
३ मंसिर २०८१, सोमबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई खबरदारी गर्न नसक्दा जनमत गुमाउँदै ‘कांग्रेस’ !

काठमाडौं : सरकारलाई खबरदारी गर्न प्रतिपक्षी दल नेपाली कांग्रेस एकपछी अर्को गर्दै चुकेको छ ।

पछिल्लो समय महँगी, भ्रष्टाचार, पेट्रोलियम पदार्थको भाउ बढ्दा कांग्रेसले प्रतिपक्ष दलको तर्फबाट सरकारलाई कुनै दबाब दिन सकेको छैन । शान्ति सुरक्षाको स्थिति कमजोर हुँदा, महिला हिंसा तथा बलात्कारका घटना बढ्दा र जनता सूचनाको हकबाट वञ्चित गर्नेकाम सरकारले गर्दा पनि प्रतिपक्ष दलले केही खबरदारी गरेको छैन । सरकारले बाटो बिराउँदा यस्ता विषयमा प्रतिपक्षसँग जनताले आशासमेत राख्ने गरेको भएपनि नेपाली कांग्रेस आफ्नै किचलोमा तल्लिन छ ।

कांग्रेस संसदीय दलको विधानमा नै छाया सरकारको प्रावधान राखेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्ला दिनमा सरकारका कामको मोनिटरिङ गर्न नसकेर झन् कमजोर प्रतिपक्ष बन्दै गएको देखिन्छ ।

कांग्रेस वरिष्ठ नेताहरु प्रतिपक्षी भूमिकामा रहेको कांग्रेसले सरकारका गतिविधिलाई सही रूपमा खबरदारी गर्न नसकेको स्विकार्ने गरेको सार्वजनिक कार्यक्रममा उनहिरुले दिने व्यक्तव्य बाटै थाह हुन्छ ।

कांग्रेसले सरकारमाथि खबरदारी गर्न नसक्दा आफ्नो भएको जनमतसमेत गुमाउने खतरा बढ्दै गएको कतिपय राजनीति विश्लेषक बताउछन् । पार्टीभित्र शेरबहादुर देउवाको हैकमले पार्टी थप कमजोर  बनेको र अझै यही अवस्था रहे कांग्रेसको जनमत झन खस्कने प्रध्यापक डा. निकेश राना बताउछन् ।

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्