Logo
३ मंसिर २०८१, सोमबार
(November 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीविरुद्ध वामदेव गौतमले मोर्चाबन्दी गर्दै : पर्सा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का नेता वामदेव गौतमले मोर्चाबन्दी कस्ने भएका छन् । ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल भीड्न नसक्ने ठहरसहित नेता गौतम अब ओलीविरुद्ध लड्न तयार भएको स्रोतको दाबी छ ।

तत्कालिन् नेकपा एमालेको संसदीय दलको नेता बनाउन साथ दिएका वामदेव यतिवेला ओलीविरुद्ध नै मैदानमा उत्रिने तयारीमा छन् । उनले हरेक तवरले आफू ओलीसँग लड्न सक्षम रहेको भन्दै सोही अनुसार पार्टीभित्र ‘मुभ’ गरेका छन् । ओली अहिले शक्तिशाली प्रधानमन्त्री भएका छन् । यो बीचमा ओलीबाट वामदेवले धेरै अपेक्षा राखेका थिए ।

निर्वाचन हारेका वामदेव ओलीबाट धेरै सहयोग हुन्छ भन्ने अपेक्षामा थिए । तर, ओलीले न वामदेवलाई संसदमा ल्याउनको लागि पहल गरे, न त कुनै महत्वपूर्ण जिम्मेवारी नै दिए । ओलीले कहीँ न कहीँ ठाउँ दिन्छन् भनेर चुप लागेर बसेका वामदेव खाली हात भएपछि अहिले रुष्ट बनेका छन् । उनी ओलीसँग एक्लै भीड्ने पक्षमा छन् ।

यहीबीचमा आफ्ना कुराहरु लिएर वामदेव मासमा पनि जाने तयारी भएको उनीनिकट उच्च स्रोतले जनायो । उता वामदेवलाई पूनः संसदमा लैजानुपर्छ भनेर पार्टीभित्रैबाट चर्को आवाज उठिरहेको छ । अब सम्भवतः चुनावमा लड्नको लागि उनले पर्सा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बुझिएको छ ।

उक्त क्षेत्रका निर्वाचित सांसद एवम् सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियार निलम्बनमा परेका छन् । उनीद्धारा सञ्चालित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्शन कालोसुचिमा परिसकेको छ । अब उक्त क्षेत्र वामदेवको लागि सुरक्षितजस्तै भएको हल्ला चल्न थालिसकेको छ ।

प्रकाशित मिति: Nov 20, 2018

प्रतिक्रिया दिनुहोस्