१२ वर्षभित्र गण्डकी प्रदेशमा गरिबी अन्त्य गर्छु : मुख्यमन्त्री गुरुङ
लमजुङ : मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको १२ वर्षभित्र गन्डकी प्रदेशमा गरिबीको अन्त्य गरिने बताएका छन् । सोमबार लमजुङको खुदीमा प्रथम मर्स्याङ्दी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सन् २०३० सम्ममा प्रदेशमा गरिबी अन्त्य गरिने बताएका हुन् ।
प्रदेशमा भोकमरी तथा गरिबीको अन्त्य गर्नेगरी अहिलेदेखि नै उत्पादनमुखी कार्यक्रममा जोड दिइएको उनले उल्लेख गरे । चालू आर्थिक वर्षमा लमजुङमा ३०० होमस्टे प्रवर्धन गर्नेगरी कार्यक्रम सन्चालन गरिने उनको भनाइ छ ।
होमस्टे प्रवर्धनका लागि ३० करोड रुपैयाँ बजेट छुट्टाइएको उनले सुनाए ।