महाधिवेशनको लामो समयपछि तमलोपाको केन्द्रीय समिति सार्वजनिक
काठमाडौं २६ साउन । तराई–मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनको झण्डै दुई महिनापछि पदाधिकारी र केन्द्रीय सदस्यहरु सार्वजनिक गरिएको छ । तमलोपाको नवलपरासीको रामग्राममा असार पहिलो सातामा महाधिवेशन भएको थियो ।
सो महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष लगायत आरक्षित सदस्यहरुसहित ९ जना सर्वसहमतिमा निर्वाचित भएका थिए । नयाँ कार्यसमितिमा जितेन्द्र सोनलको नाम केन्द्रिय सदस्यको सुचिमा रहेको छ ।