Logo
३ मंसिर २०८१, सोमबार
(November 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र आजदेखि वितरण हुँदै

काठमाडौँ  :  सरकारले सोमाबारदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु गर्दैछ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो ।

सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको पाँचथर जिल्लामा आजबाट वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी दिए ।

 

प्रकाशित मिति: Nov 19, 2018

प्रतिक्रिया दिनुहोस्