सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
न्यायधीश इस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउन गत आइतबार सम्पन्न मन्त्रीपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वाेच्च पुगेका थिए।