पिपिएल : पोखराले विराटनगरलाई दियो १९८ रनको लक्ष्य
पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर विराटनगर टाइटन्सलाई १ सय ९८ रनको लक्ष्य दिएको छ।
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९७ रन जोड्यो।
पोखराका लागि ओपनर आफिस शेखले अर्धशतक प्रहार गरे। उनले ५२ रनको योगदान गरे। आसिफले ५४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले ३८ रनको योगदान गरे। उनले २६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
यस्तै रविइन्द्रर सिंहले ४४ रन जोडे। आक्रामक ब्याटिङ गरेका उनले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरे। भारतीय ब्याट्सम्यान सिंहलाई विराटनगरका सन्दीप लामिछानेले बाउन्ड्री लाइनमा प्रनित थापामगरबाट क्याच गराएका थिए। उनले दोस्रो विकेटका लागि आसिफसँग ९४ रनको साझेदारी गरेका थिए।
यस्तै विनोद भण्डारीले ११ बलमा नटआउट ४१ रन जोडे। उनले २ चौकार ५ छक्का हिर्काए। उनले अन्तिम बलमा सहाब अलामलाई छक्का प्रहार गरेपछि पोखराको इनिङ मजबुत बनेको थियो। सरद भेषवाकरलाई ४ बलमा नटआउट ७ रन जोडे।
बलिङमा विराटनगरका सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले १ विकेट साहब आलामलाई हात पारे।