Logo
११ मंसिर २०८१, मंगलबार
(October 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं : भारतका कप्तान विराट कोहलीले विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५ औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै सचिन तेन्डुलकरको नाममा रहेको सबैभन्दा चाँडो दश हजार रन बनाउने कीर्तिमान तोडेका छन् ।

खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा दश हजार रन पूरा गर्दै सचिनको नाममा रहेको किर्तीमान आफ्नो नाममा गरेका हुन् । विराटले यो उपलब्धि २०५ पारिमा हासिल गरे । जबकि जबकि सचिनले यो उपलब्धि हात पार्न २५९ खेल कुर्नुपरेको थियो ।

कोहलीबाहेक भारतका तीन कप्तान सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पूरा गरेका छन् । गांगुलीले २ सय ६३, धोनीले २ सय ७३ र द्रभिडले २ सय ८७ खेलमा दश हजार रन पूरा गरेका हुन् । तर विराट कोहलीले सबै दिग्गजलाई पछार्दै सबैभन्दा तीब्र गतिमा १० हजार रनको कीर्तिमान आफ्नो नाममा पार्न सफल भएका छन ।

प्रकाशित मिति: Oct 25, 2018

प्रतिक्रिया दिनुहोस्