३ बजे बस्ने भनिएको नेकपा सचिवालय को बैठक बिहीबार ११ बजे बस्ने गरी स्थगित
काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक स्थगित गरिएको छ । ३ बजे बस्ने भनिएको बैठक बिहीबार ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
पार्टीका तल्लो तहका कमिटीको एकिकरण प्रक्रियाको नयाँ मापदण्डका विषयमा छलफल गर्न बस्ने भनिएको बैठक रोकिएको हो ।
बैठकमा प्रदेश,जिल्ला र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया टुंगाउने गरी महासचिवले मापदण्ड पेस गर्ने बताइएको थियो ।
प्रदेश कमिटीको पूर्णता तथा जिल्ला र जनवर्गीय संगठनहरुको एकता प्रक्रियाले अन्तिम रुप पाउन नसक्दा एकता प्रक्रियामा गतिरोध उत्पन्न भएको छ ।