सरकारको काम सुस्त भयो, अब गियर चेन्ज गर्नुपर्छ : रायमाझी
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले सरकारको काम सुस्त भएको बताएका छन् ।उनले भने ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेन्ज गरेपछि बल्ल पिकअप लिन्छ ।’
महँगीदेखि भ्रष्टाचारका सवालमा पनि अहिले जनताका गुनासाहरु रहेको भन्दै नेता रायमाझीले त्यसलाई सम्बोधन गर्दै सरकारे जनताको सेवामा तीव्र रुपमा अघि बढ्नु पर्नेमा जोड दिए । रायमाझीले अघि थपे, ‘सरकारले अब ‘गियर’ चेन्ज गरेर तीव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागिपर्न म आग्रह गर्दछु ।’देश राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै नेता रायमाझीले दुई तिहाईको वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको मार्गचित्र निर्माण गरेर द्रुत गतिमा अघि बढ्नुपर्ने बताए ।