Logo
२ मंसिर २०८१, आईतबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेव गौतमका लागि हुने उपनिर्वाचनमा रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिने

नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमका लागि काठमाडौं-७ का निर्वाचित सांसद रामबिर मानन्धरले राजिनामा दिएपनि उक्त क्षेत्रबाटै प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिने भएका छन् । उप-निर्वाचनमार्फत सांसद बन्ने गौतमको चाहना त्यति सजिलै पूरा नहुने भएको हो ।

बामदेव चुनाव लड्ने निश्चित भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बरिष्ठ नेता पौडेल वा अर्का नेता अर्जुननरसिंह केसीमध्ये एक लडाउन लागेको हो । पौडेल र केसी दुवै उक्त क्षेत्रमा बस्छन् । प्रतिपक्षी दलले बामदेवलाई हराउनेगरि हेभ्भी वेटका उम्मेद्धवार उठाउन छलफल गरिसकेको छ ।

सांसद मानन्धरले गौतमका लागि सिट खाली गर्न हिजै आफ्नो सहमती जनाएका थिए । सोमबार बसेको नेकपाको सचिवालय बैठकमा गौतमलाई काठमाडौँबाट उपनिर्वाचनमार्फत् संसदमा भित्र्याउने विषयमा छलफल भएको थियो । सांसद मानन्धरले दिएको राजीनामा पत्र सचिवालयमा छलफल भएको थियो । नेता गौतमलाई सांसद बनाउने विषयमा सचिवालयका अधिकांश नेताहरुको सहमति थियो ।

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्