Logo
२ मंसिर २०८१, आईतबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवका लागि ठाउँ खाली गर्दै रामवीर मानन्धर भन्छन् ‘मेरो लागि पार्टी ठूलो हो’

काठमाडौं : नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामवीर मानन्धरले पार्टीका वरिष्ठ नेता वामदेव गौतमका लागि आफूले जितेको काठमाडौं क्षेत्र नम्बर–७ खुला गरिएका छन् । गौतमले अब काठमाडौं-७ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने छन् । उनले नेतृत्वको निर्णयअनुसार आफूले राजीनामा दिएका प्रष्ट पारेका छन् । उनले भने – ‘यो जनताको जित हो धोका हैन, जनताभन्दा पार्टी ठूलो हो।’

संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा पदबाट राजीनामाका लागि सचिवालयमा स्वीकृत पत्र दिइसकेको जनाउँदै मानन्धरले बुधकारको सचिवालय बैठकले राजीनामाका लागि स्वीकृती दिने बताएका छन् ।  हारेको मान्छेलाई किन फेरि सांसद बनाउनु पर्यो भन्ने प्रश्नमा मानन्धरले भने, ‘यो जनताको जित हो धोका हैन, नेतृत्वको निर्णय हो, जनताभन्दा पार्टी ठूलो हो, मेरो प्रस्ताव हो, वामदेव, प्रचण्डसँग छलफल गरेर निर्णय दिएको हुँ ।’

पार्टीको दिल भएको तर्क गर्दै उनले पार्टी चाहेमा निकाल्न सक्ने र चाहेमा राख्न सक्ने बताएका छन्। वामदेवले विकास गरे दावी गर्दै उनले जित्ने आधार पनि रहेको बताएका छन्। ‘वामदेवले संगठन बलियो बनाउनु हुन्छ, उहाँले नराम्रो काम गरेको थाहा छैन, अलिकति पनि दुख लागेको छैन,’ उनले भने ।

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्