Logo
२ मंसिर २०८१, आईतबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छ : मन्त्री अर्याल

काठमार्डौँ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताएका छन् ।

ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताएका छन् ।

उनले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिए । सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको बताउँदै मन्त्री अर्यालले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन सक्दैन भने ।

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्