Logo
१२ मंसिर २०८१, बुधबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरि आयो सोमबारदेखि पेट्रोल र डिजेलमा मूल्यवृद्धि

नयाँदिल्ली : भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ ।

मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ । सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भा.रु. २.५० ले कटौती गर्ने घोषणा गरेका थिए । उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गरेका थिए ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्