Logo
१० मंसिर २०८१, सोमबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री दीपिकासँगको बिहेबारे पहिलोपटक रणवीरले दिए यस्तो प्रतिक्रिया

काठमाडौं : बलिउडमा चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको कुरा ब्यापक चर्चा आएको छ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणबीचको विवाहको कुरा मिडियामा आइरहदा धेरैले उनीहरुले विवाह गर्ने स्थान र तारिखलाई समेत चासो दिइरहेका छन् ।

तर, अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति भने अर्को वर्षसम्मका सरेको बताइएको छ । तरपनि भिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण दुवैले विवाहको कुरालाई लिएर केही पनि बोलेका छैनन् । भारतिय मिडियाका अनुसार रणवीर र दीपिकाले बिहेबारे पहिलोपटक प्रतिक्रिया दिएका छन् ।

एक इभेन्टमा विवाहबारे प्रश्न सोध्दा रणवीरले भनेका थिए, ‘यदि हामीले विवाह गर्छौं भने सबैभन्दा पहिला मिडियालाई जानकारी दिन्छौं । लुकाउँदैनौं ।’ यस्तो अभिनेता रणवीर सिंहको कुरा सुनेर त्यहि आडैमा बसेकी दीपिका भने मुसुक्क मुस्कुराएकी थिइन् । रणवीरले यसो भनिरहँदा सँगै दीपिका पनि थिइन्

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्