Logo
१२ मंसिर २०८१, बुधबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैँमा स्याउको आयात ह्वात्तै बढ्यो

रसुवा : बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् ।
गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ ।

दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । यसैगरी दशैँका लागि तयारी पोशाक, खेलौनालगायत सामग्री आयात बढेको छ । असोज १८ गतेसम्म रु एक अर्ब ६३ करोड राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

असोजको भन्सार शुल्क असुली लक्ष्य रु ५७ करोड २४ लाख रहेको छ । व्यवसायीले दशैँका सामग्री आयातमा तीव्रता दिएका कारण भन्सार शुल्क भारी मात्रामा बढ्ने देखिएको छ । तीसभन्दा बढी कन्टेनरको भन्सार मालवस्तु जाँच गरिएको छ । ‘दैनिक ७० भन्दा बढी मालबाहक सवारी साधनको जाँच हुने गरेको छ,’ कोइरालाले भने ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्