Logo
१२ मंसिर २०८१, बुधबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट नेपाल प्रहरीद्वारा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ

काठमाडौं : तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो ।

६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।

प्रहरी स्रोतले उनी भारतबाट पक्राउ गरेको पुष्टि गरे पनि विस्तृत जानकारी भने दिएको छैन । उनलाई अहिले कहाँ राखिएको छ त्यो पनि खुल्लाईएको छैन ।

०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई  बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे ।

अदालतले फैसला सुनाए पनि फरार रहँदै आएका ज्ञवाली २ वर्षपछि प्रहरीको फन्दामा परेका हुन् ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्