भारतीय दूतावासमा २ प्रथम सचिवहरुको बिदाइ, PIC विङ्गमा आए अभिषेक (फोटो फिचर)
काठमाडौं : नेपाल स्थित सबैभन्दा भन्दा बढी नेपालीको घुइँचो हुने दूतावास मानिने भारतीय दूतावासमा २ जना कर्मचारीलाई बिदाई गरिएको छ । प्रथम सचीवद्वय रोशन लेप्चा र प्रणव गणेशलाई एक औपचारिक कार्यक्रमबीच बिदाई गरिएको हो ।
सोमबार भारतीय राजदुत मन्जिवसिंह पुरीले आफ्नै निवासमा एक “फेयरवेल पार्टी” को आयोजना गर्दै लेप्चा र गणेशलाई औपचारिक रूपमा बिदाई गरेका हुन् ।
PIC विङ्गमा आए अभिषेक
दूतावास स्थिति सबै भन्दा महत्वपूर्ण मानिने विङ्ग PIC अर्थात (प्रेस, इन्फर्मेसन र कल्चर) मा अभिषेक दुवेले जिम्मेवारी पाएका छन् ।
पोलिटिकल विङ्गमा रहेका प्रथम सचिब दुवेलाई लेप्चाको स्थानमा जिम्मेवारी दिईएको हो ।
भारतीय राजदूत पुरीले सोही कार्यक्रममा लेप्चाको बिदाई गर्दै दुवेलाई स्वागत गरेका थिए । भारत उत्तरप्रदेशका दुवे पछिल्लो एकवर्ष देखि नेपालमा रहेका छन् ।
उनी अब २ वर्षसम्मका लागि PIC प्रमुखको रूपमा रहनेछन् । यसअघि उक्त बिभागमा प्रमुख रहेकी रुबी जसवित शर्माको कार्याकाल निकै आलोचित बनेको थियो ।
त्यसपछि उक्त स्थानमा लेप्चालाई ल्याइएको थियो । तर लेप्चाको नेपालमा कार्यकाल मात्र ६ महिना बाकि रहेकाले उनको बिदाई भएको हो । उनी अब बेजिङ्ग स्थिति भारतीय दूतावास जादैछन् ।
हेनुर्स् थप तस्विरहरु :