मोडल तिर्सनाले आफ्नो शब्द आफैले यसरी गाईन् तीज कोशेली – भिडियो सहित
काठमाडौं । बिगतमा बेला बखत विभिन्न खाले विवादका कारण मिडियामा छाईरहेकी हट मोडल/कलाकार तिर्सना बुढाथोकी कुनै नौलो नाम होइन ।
पछिल्लो समय फोटो शुटका कारण सामाजिक संजालमा उनि निक्कै चर्चामा आएकी थिईन । उनका फोटो शुट प्रति धेरैले नकारात्मक प्रतिक्रिया समेत दिने गरेका थिए । अब त्यो भ्रमलाई चिर्दै छिन तिर्सनाले, अबका दिनमा सकारात्मक सन्देश दिन खोजेको प्रस्टै देखिन्छ ।
नजिकिदै गरेको महिलाहरुको महानपर्ब तीजको अवसर पारेर उनले तीज भिडियो गीत सार्बजनिक गरेकी छिन् ।
गीतमा तिर्सना आफैले स्वर भरेकी छिन् । अब उनि मोडल मात्र नभएर गायिका समेत बनेकी छन् ।
उनले तीजको कोशेली स्वरुप ‘म पनि के कम नाच्छु छम् छम्’ बोलको गीत आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएकी छन् । यो गीतमा अभिनय पनी उनले नै गरेकी छन् भने उनलाई शिव तिम्सिनाले साथ दिएका छन् ।
शब्द समेत आफैले लेखेकी तिर्सनाले गीतमा मिठो स्वर दिएकी छन् ।
शुरेस शाहीको एरेञ्ज लय, क्यामेरामा हरिनारायण चौधरी, सोहन मानन्धरको सम्पादन, प्रदीप श्रेष्ठको निर्देशन रहेको गीतलाई त्रिवेणी नेपाल फिल्मस् प्रालिले बजारमा ल्याएको हो, तिर्सनाले बताईन् ।
यो गीतमार्फत तिर्सनाको अर्काे परिचय फेरिएको छ भन्दा कुनै दुइमत छैन ।
अब आउदा दिनमा सभ्य मोडलिङ सँगसँगै आफ्नो गायिकी पनमा पनि तिखार्दै सबैको ढुकढुकी बन्न सफल होस् न्यूज अभियान डट कमको तर्फ बाट सफलताको लागी कामना !