Logo
२ मंसिर २०८१, आईतबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशील साझालाई ३६ हजार इमान र ढंग भएका व्यक्तिको खेजी

काठमाडौं : विवेकशील साझा पार्टीले २०७५ साललाई पार्टीको संगठन विस्तार वर्षका रुपमा मनाउने घोषणा गरेको छ । यसै क्रममा पार्टीले भदौ ३० र ३१ गते राष्ट्रिय उत्प्रेरकको भेला गरेको थियो । त्यो भेलाबाटै आउँदो ३ महिना विवेकशील साझाले पार्टीको सम्पूर्ण शक्ति विशेष संगठन विस्तारमा लगाउने उद्धघोष गरेको थियो ।

यसै दौरान असोज ११ गते विवेकशील साझाले काठमाडौं, भक्तपुर अनि ललितपुरका संगठनमा आवद्ध कार्यकर्तालाई संगठन निर्माणको तालिम दिएको छ ।

उद्घाटन सत्रमा बोल्दै पार्टीका संयोजक उज्ज्वल थापाले अब देशमा ३६,१३५ जना इमान भएका अनि ढंग भएका नेतृत्व प्रत्येक वडादेखि सदनसम्म चाहिएको र विवेकशील साझा पार्टीको अबको काम टोल टोलबाट ती नेतृत्व खोज्ने भएको कुरा बताउनुभयो ।

कार्यक्रममा पार्टीका अर्का संयोजक रवीन्द्र मिश्रले कार्यक्रमको समापन गर्दै अब विवेकशील साझा पार्टीले संगठन निर्माण गर्दै आउने निर्वाचनमा विवेकशील साझा निर्विकल्प बनाउन पर्ने कुरा राख्नुभयो । साथै, उहाँले विवेकशील नेतृत्वमा हुन पर्ने गुण बारे समेत पार्टीका नेताहरुलाई बताउनुभएको थियो ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्