संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्री ओलीको फररर भाषण (फोटो भिडियो)
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङघ, महासभाको महाअधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै । तस्वीर : सौजन्य–न्यूयोर्कस्थित संयक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग
प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनुका साथै उचित संरक्षण गर्न तथा उपयुक्त अबसर प्रदान गर्न प्रतिबध्द रहेको कुरा बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको ७३औं सम्मेलनलाई आज संबोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको दुईतिहाई मतबाट बनेको सरकार जनतालाई अधिकार र अवसर प्रदान गर्नुका साथै मुलुकको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्र संघले विश्व शान्तिकालागि उठाएको कदमप्रति नेपाल प्रतिबध्द रहदैं आएको कुरा बताउदैं नेपालले सधैं आतंकबादको निन्दा गर्दै आएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल ६३ बर्षअघि संयुक्त राष्ट्र संघमा प्रवेश गरेको स्मरण गर्नु हुदैं राष्ट्रसंघको बडापत्रको सम्मान गर्दै राष्ट्र संघका गतिबिधिहरुमा नेपालको सकृय सहभागिता रहदैं आएको बताउनुभयो । उहाँले नेपाल जस्तो मुलुकले जलवायु परिवर्तन जस्ता समस्या भोग्नु परेको कुराको चर्चा गर्दै हिमाल तथा हिम नदीहरुका साथै मौसममा समेत असर परेको बताउनु भयो ।