Logo
२ मंसिर २०८१, आईतबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुर्सिद आलम हत्याकाण्डमा सुप्रेसेसर र लेजर लाईट जडित सेमी अटोमेटिक पेस्तोलको प्रयोग

इनरुवा : सुनसरी स्थित रामनगर भुटाहामा गत शुक्रवार भएको खुर्सिद आलम हत्याकाण्ड साईलेन्सर (सुप्रेसेसर) र लेजर लाईट जडित सेमी अटोमेटिक पेस्तोल भएको खुलासा भएको छ । निकै ‘महत्वपूर्ण र सिक्रेट’ अपरेशनमा मात्र प्रयोग गरिने साईलेन्सर जडित पेस्तोलबाट सुटरहरुले गोली प्रहार गरेको खुलासा भएको हो । सुटरले चलाएको गोली आलमको टाँउको र कोखामा लागेको थियो । एक राउण्ड भने ‘मिस फायर’ भएको थियो ।

प्रहरीले हरिनगर ४ भुटाहाका आलमको गोली हानी हत्या गरेर भारततर्फ फरार भएका सुटरहरुको सीसीटीभी फुटेजलाई लिएर अनुसन्धान थालेको छ । आलम अध्यक्ष रहेको रैयान स्कुलको उत्तरतर्फ टासिएको घरमा रहेको सीसीटीभीमा सुटरहरु हत्या गरेर भाग्दै गरेको दृष्य अंकित भएको भेटिएको सुरक्षा स्रोतले जनाएको छ । अहिले हत्याको छानविन गर्न गठित समितिले सो दृष्यबाट अनुसन्धान गरिरहेको छ ।

आलमलाई ९ एमएमको गोली हानिएको प्रहरी स्रोतले बताएको छ । तर कुन पेस्तोल प्रयोग गरिएको थियो भन्ने कुरा ‘फोरेन्सिक ल्याब’ बाट पत्ता लाग्ने बताइएको छ । घटनास्थलबाट हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले पनि ९ एमएम गोलीको एक थान खोका (केसिङ) बरामद गरि अनुसन्धानमा खटिएका प्रहरीलाई बुझाएका छन् । अहिले घटनाको एसएसपी किशोर दाहाल नेतृत्वको छानबिन समिति र सिआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार आलमलाई लेजर र साईलेन्सर (सुप्रेसेसर) जडित अटोमेटिक पेस्तोलबाट फायर गरिएको पुष्टि गरे ।

घटनापछिका प्रत्यक्षदर्शी र घाइते प्रहरीको आधारमा सुटर समुहसँग गोलीको आवाज कम गर्ने साईलेन्सर जडित पेस्तोल भएको उनले बताएका छन् । साईलेन्सर गोलीको आवाजलाई कम गराउने आधुनिक प्रबिधि हो । नेपालमा यसको प्रयोग सेनाले कमै मात्रमा प्रयोग गर्छ । यसको प्रयोग बिशेष (इनडोर) अपरेशनमा ल्याईन्छ, जसले गर्दा ‘सुटआउट’ भए दुस्मनले गोली चलेको चाल नै पाउदैनन् ।

सिसिटिभी क्यामेरामा कैद भएको फुटेजमा हत्याराहरु भाग्दै गर्दा पछाडि बस्नेको हातमा दुईवटा साईलेन्सर र लेजर जडित पेस्तोल देखिएको छ’ । ‘गोली हान्ने समुह शतप्रतिशत प्रोफेसनल हुन, उनिहरुले बाईक चलाउदा एकअर्काेलाई ब्यालेन्समा राख्न कम्मरमा बेल्ट समेत प्रयोग गरेका थिए’ । अनुसन्धान स्रोतले ‘उनीहरुले प्रयोग गरेको बेल्ट र बाईकको संरचना अचंम्मको छ’ । ‘भुटाहदेखी सिमासम्म कच्ची र खाल्डा खुल्डी बाटो छ ।

बाईक चलाउदा यस्तो ठाँउमा असजिलो हुन्छ, त्यस कारण बाईकमा सबार दुवैजनालाई ब्यालेन्समा राख्न उनिहरुले एकअर्काेलाई बेल्टले बाधेका हुन’ । साथै उनिहरुले प्रयोग गरेको बाईक समेत ‘मोडिफाई’ गरिएको बताईएको छ । ५१ बर्षिय खुर्शिद आलमलाई हानिएको गोलीको आधारमा पनि सुटरले उनलाई मार्ने हिसाबले नै गोली चलाएको प्रहरीको भनाई छ । ‘पहिलो गोली आलमको टाँउकोमा हानिएको छ, त्यसपछि कोखामा’ ।

टाँउको र कोखामा हानिएको गोलीले मान्छेको मृत्यु प्राय निश्चित हुन्छ । तेस्रो गोली आलम सबार बाईक चालक अमिनलाई भाग्नबाट रोक्न खुट्टामा हानिएको हुन सक्छ अनुसन्धान गरिरहेका ति प्रहरी अधिकृतले भने । लेजर जडित पेस्तोल भएका कारण पनि गोली सहि नाशानामा लागेको देखिन्छ । ‘हामीले एक घरको सिसिटिभी क्यामेरामा कैद भएको फुटेज लिएका छौ, त्यसमा पनि उनिहरु भाग्दै गर्दा पछाडी बस्नेको हातमा दुईवटा साईलेन्सर र लेजर जडित पेस्तोल देखिएको छ’ ।

 

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्